TagaroNews
मनाङ : टेकबहादुरलाई एमाले र राप्रपाको साथ, नेकपाकी यशोदा मैदानमा 

मनाङ – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनाङमा नेपाली कांग्रेसबाट उमेदवार बनेका पूर्व मन्त्री टेक बहादुर गुरुङलाई नेकपा एमाले र राप्रपाले समर्थन गरेको छ । 

नेकपा (एमाले)का पोल्देन छोपाङ गुरुङ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार कुविरसिंह गुरुङले कांग्रेस उम्मेदवार टेकबहादुरलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । 

एमाले र राप्रपाले फिर्ता लिएसँगै अब मनाङमा तीन उमेदवार कायम भएको मनाङका मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलले बताए । उनका अनुसार मनाङमा ५ जनाले मनोनयनपत्र दर्ता गराएका थिए ।

दुईजनाको नाम उमेदवारको सूचीबाट हटाइएसँगै अब चुनावी मैदानमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का यशोदा गुरुङ (सुवेदी) र मंगोल नेसनल अर्गनाइजेसनका रामबहादुर घले छन् ।  नेकपा नेतृ सुवेदी पूर्वमन्त्री तथा साबिक माओवादीका महासचिव देव गुरुङकी पत्नी हुन ।

मनाङबाट राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवारी दर्ता भएको छैन । मनाङमा ७ हजार मतदाता रहेका छन् ।

प्रकाशित मिति: शुक्रबार, माघ ९, २०८२  २१:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update