लमजुङ - राइनास नगरपालिका स्थित गौलीटार क्षेत्रीय खेल मैदान समितिको तेस्रो अधिवेशनबाट सरोज तामाङ (लिला) को अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ ।
बिहीबार सम्पन्न अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको हो ।
अधिवेशनबाट समितिको वरिष्ठ उपाध्यक्षमा प्रदिप राज कडरिया, उपाध्यक्षमा सुदिप भट्ट, सचिवमा प्रदिप जंग गुरुङ, सह-सचिवमा संदिप पाण्डे र कोषाध्यक्षमा शान्ति गुरुङ सर्वसम्मत चयन भएका छन् ।
त्यस्तै, कार्यसमितिको सदस्यहरूमा निर्मल राज न्यौपाने, राजेन्द्र चौलागाई, राजकुमार गुरुङ, रामबाबु श्रेष्ठ र दुर्गामान गुरुङ चयन भएका छन् ।
नयाँ कार्यसमिति चयन प्रक्रियालाई व्यवस्थित रूपमा सम्पन्न गर्न अधिवेशनले अर्जुन भुजेलको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन मण्डल गठन गरेको थियो । उक्त निर्वाचन मण्डलको सदस्यहरूमा उमेश चिलुवाल र हरिश्चन्द्र पाण्डे रहेका छन् ।

निर्वाचन मण्डलको सहजीकरणमा तेस्रो अधिवेशनले सर्वसम्मत रूपमा कार्यसमिति चयन गर्ने निर्णय गरेको हो । नवनिर्वाचित कार्यसमितिले आगामी दिनमा गौलीटार क्षेत्रीय खेल मैदानको संरक्षण, स्तरोन्नति तथा खेलकुद गतिविधि प्रवर्द्धनमा सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ ।





