TagaroNews
लमजुङका कोइराला कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित

लमजुङ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट लमजुङका पूर्व जिल्ला सभापति एवं सुन्दरबजार नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद कोइराला केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

खसआर्य तर्फबाट उम्मेदवार बनेका १९०२ मत सहित केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।

कोइराला नेपाली कांग्रेस लमजुङको इतिहासमा केन्द्रीय सदस्यमा निर्वाचित हुने पहिलो नेता समेत बनेका छन् ।

कोइरालाको केन्द्रीय सदस्यमा निर्वाचित हुनुले लमजुङ कांग्रेसको राजनीतिक प्रतिनिधित्वलाई केन्द्रीय तहमा थप बलियो बनाउने अपेक्षा गरिएको छ । 

२०३८ सालदेखि राजनीतिमा सक्रिय कोइरालाले लमजुङ कांग्रेसको नेतृत्व ११ वर्षसम्म सम्हालेका थिए ।

तीन विषयमा स्नातकोत्तर गरेका कोइराला सरल र शालीन नेताका रूपमा परिचित छन् ।

प्रकाशित मिति: शुक्रबार, असोज ३०, २०८३  ०८:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update