लमजुङ - नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत देउवा समूह लमजुङको जिल्ला अधिवेशनबाट गणेश चिलुवाल सभापतिमा सर्वसम्मत निर्वाचित भएका छन् ।
पूर्व मन्त्री एवं केन्द्रीय सदस्य शंकर भण्डारीको प्रमुख आतिथ्यमा बिहीबार सम्पन्न अधिवेशनले चिलुवालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।
अधिवेशनले उपसभापतिमा नवराज पौडेल र रामकृष्ण त्रिपाठी र सचिवमा सुशीलचन्द्र अधिकारी र मदनसिंह घिमिरेलाई चयन गरेको छ ।
अन्य पदाधिकारी तथा सदस्यहरू समेटेर जिल्ला कार्यसमितिलाई छिट्टै पूर्णता दिइने नवनिर्वाचित सचिव सुशीलचन्द्र अधिकारीले जानकारी दिए ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ११, २०८३ १७:०२
प्रतिक्रिया दिनुहोस्





