लमजुङ – लमजुङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अन्य ७ जना घाइते छन् ।
मर्स्याङ्दी गाउँपालिका–९, मिर्चे स्थित भित्री सडक खण्डमा भुजुङबाट कालढुङ्गा तर्फ आउँदै गरेको ग १ ज ५०६५ नम्बरको जीप दुर्घटना भएको हो ।
बुधबार बिहान पौने ११ बजेतिर दुर्घटना हुँदा जीपमा सवार भुजुङ बस्ने ७४ बर्षीया मल कुमारी गुरुङको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर रहेकी उनलाई प्रदेश अस्पताल लमजुङमा उपचारको क्रममा दिउँसो १२ः५० बजे चिकित्सकले मृत घोषणा गरेका हुन् ।
जीपमा १० जना सवार रहेकोमा अन्य ७ जना घाइते छन् । घाइतेहरुको प्रदेश अस्पताल लमजुङमा उपचार भइरहेको छ ।

जीप चालकले नियन्त्रण गुमाउँदा सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी अभिषेक पाण्डेले बताए ।
प्रहरीका अनुसार चालक र जीपलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान भइरहेको छ ।
निम्न घाइतेहरुः–
- बेसीशहर न.पा. ५ बस्ने वर्ष २० की कृपा गुरुङ, वाँया हातमा चोट, अवस्था सामान्य ।
- बेसीशहर न.पा ७ बस्ने वर्ष ७ की रितु गुरुङ, टाउको र बायाँ हातमा चोट, अवस्था मध्यम ।
- क्व्होलासोथर गा.पा. ४ भुजुङ बस्ने वर्ष २२ की एलिना गुरुङ, बाँया हात,वाँया खुट्टा र छातीमा चोट,अवस्था मध्यम ।
- क्व्होलासोथर गा.पा. ४ भुजुङ बस्ने वर्ष २७ की स्मृती, टाउको र बाँया हातमा चोट, अवस्था मध्यम ।
- मर्स्याङ्दी गा.पा. ९ बस्ने वर्ष ३१ को आर्यन गुरुङ, टाउकोमा चोट, अवस्था मध्यम ।
- क्व्होलासोथर गा.पा. ४ भुजुङ बस्ने वर्ष ८० को आईतराम गुरुङ, टाउकोमा चोट, अवस्था मध्यम ।
- मर्स्याङ्दी गा.पा.२ घनपोखरा बस्ने वर्ष ५० की काली गुरुङ, टाउको र घाटीमा चोट, अवस्था मध्यम ।







