TagaroNews
लमजुङमा आफैंले चलाएको ट्याक्टरले च्यापेर चालकको मृत्यु 

लमजुङ – दोर्दी गाउँपालिका–१, भारते ढिन गाउँमा आफैंले चलाएको ट्याक्टरले च्यापिएर शुक्रबार चालकको घट्नास्थलमै मृत्यु भएको छ । 

मृत्यु हुनेमा नुवाकोट जिल्ला घर भइ हाल सुन्दरबजार नगरपालिका–६, सित्तलचौतारी बस्ने अन्दाजी ४२ बर्षीय शेर बहादुर तामाङ रहेको प्रहरीले जनाएको छ । 

सोहि ठाउँमा लोड गरिएको ढुङ्गा ओसारपसार गर्ने क्रममा ग १ त ४३९४ नं. को ट्याक्टर शुक्रबार बिहान पौन ११ बजेतिर अचानक सडकमा पल्टिन पुगेको हो । सोहि क्रममा अगाडिको इञ्जिनसहितको भाग माथि उठेर झर्दा चालक बसेको सिटसमेत च्यापिएर उनको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।  

प्रहरीका अनुसार जेसिभिको प्रयोग गरी चालक तामाङको शव निकल्ने प्रयास भइरहेको छ । 

प्रकाशित मिति: शुक्रबार, फागुन ८, २०८२  १३:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update