लमजुङ – भोलि (फागुन २१) प्रतिनिधिसभा निर्वाचन हुँदैछ । निर्वाचनको आवश्यक सबै तयारी पूरा भइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
जिल्लाभरका मतदान केन्द्रमा निर्वाचन अधिकृत, कर्मचारी र सुरक्षाकर्मीहरु पुगेर काम थालिसकेका छन् ।
यसैबीच लमजुङका विभिन्न मतदान केन्द्रहरूमा मतदाता परिचयपत्र वितरण, नामहरू रुजु गर्ने, मतदानको समयमा हुलहुज्जत नहोस् भनेर महिला पुरुषका लागि छुट्टाछुट्टै लाइन बस्ने ठाउँहरू तयार पार्ने, अशक्तहरूका लागि ठाउँ मिलाउने लगायतका काम सकिएको छ भने, केहिमा हुँदैछ ।
हेरौँ विभिन्न मतदान स्थल/केन्द्रको तयारी :

लमजुङमा एउटा अस्थायीसहित १ सय ३० मतदान स्थलमा १ सय ९३ मतदान केन्द्र छन् । निर्वाचनमा १ हजार १ सय ५० जना कर्मचारी खटिएका छन् ।
यस्तै जिल्लामा २५ सय बढी सुरक्षाकर्मी परिचालन छन् । जस्मा ६ सय बढी संख्यामा नेपाल प्रहरी, नेपाली सेना र ३ सय बढी सशस्त्र प्रहरी बल छन् ।
१३ सय १० जना निर्वाचन प्रहरी खटिएका छन् ।
लमजुङमा ११ राजनीतिक दल र एक स्वतन्त्र गरी १२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । कुल १ लाख ३७ हजार १ सय २४ मतदाता छन् । त्यसमध्ये ६९ हजार ५ सय २४ महिला र ६७ हजार ६ सय पुरुष हुन् ।
अघिल्लो निर्वाचनको तुलनामा मतदाता संख्या ३ हजार ४ सय ७ ले बढेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।






