लमजुङ – निर्वाचन आचारसंहिता अन्तर्गत मौन अवधिको समयमा बुधबार राती राइनास नगरपालिकामा नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकर्ताले मतदाता प्रभावित पार्नेगरी रकम र पर्चा बाड्दै हिडेको फेला परेको छ ।
राइनास नगरापलिका–६ मा रातको करिब सवा १२ बजे नेकपा एमालेका कार्यकर्ता ध्रुव अकेला, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सिताराम पाण्डे र गोपाल नेपाली रकम र नमुना पर्चा बाड्ने क्रममा रकम र पर्चा सहित उनीहरुले प्रयोग गरेको ग १२ प ३३४८ नं. को स्कुटर फेला पारिएको प्रहरीले जनाएको छ । उनिहरु भने, सो स्थानबाट भागेका छन् ।
फेला परेको रकम, पर्चा र स्कुटर प्रहरीलाई जिम्मा लगाइएको तरुण दल राइनास नगरपालिका अध्यक्ष गणेश गुरुङले बताए ।
सम्बन्धित ब्यक्तिको खोजिकार्य भइरहेको लमजुङ प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, फागुन २१, २०८२ ०१:२३
प्रतिक्रिया दिनुहोस्






