TagaroNews
लमजुङमा मतदान गर्न गएका बृद्धको मृत्यु
प्रतीकात्मक तस्वीर

लमजुङ - बेसीशहर नगरपालिका -३ स्थित लमजुङ मावि मतदान केन्द्रमा मतदान गर्न गएका एक बृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बेसीशहर नगरपालिका -३, गाउँशहर निवासी ८६ वर्षीय पुर्ण नारायण श्रेष्ठ रहेका छन् ।

उनी बिहान १० बजेतिर मतदान केन्द्र(रुजु गर्ने स्थान)मा पुगेपछि एक्कासि ढलेर बेहोस भएका थिए ।

उनलाई तत्काल प्रदेश अस्पताल लमजुङ लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, फागुन २१, २०८२  १७:११
प्रतिक्रिया दिनुहोस्
Weather Update