TagaroNews
हिमालपारी मनाङमा ४३ प्रतिशत मत खस्यो

मनाङ - हिमालपारीको जिल्ला मनाङमा ४३ प्रतिशत मत खसेको छ ।

जिल्लाकै विकट मानिएको नार्पाभूमि गाउँपालिकामा सबैभन्दा कम मत खसेको छ ।

कूल ७ हजार मतदाता रहेको मनाङमा ३ हजार २१ मत खसेको प्रारम्भिक अनुमान रहेको मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलले बताए ।

उनले सबै मतपेटिका आइसकेपछिमात्रै पूर्ण जानकारी हुने समेत बताए ।

मनाङमा एउटा अस्थायीसहित २९ मतदानस्थलमा २९ मतदान केन्द्र छन् । ४ वटा गाउँपालिका रहेको मनाङमा २८ वटै वडामा वडैपिच्चे मतदान केन्द्र छन् ।

प्रकाशित मिति: बिहीबार, फागुन २१, २०८२  १७:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update