TagaroNews
लमजुङमा ५३.०७ प्रतिशत मत खस्यो, भोलि मतगणना

लमजुङ - लमजुङ जिल्लामा ५३.०७ प्रतिशत मत खसेको छ ।

जस्मा महिला ३९ हजार ५ सय ७४ र पुरुष ३३ हजार २ सय गरी ७२ हजार ७ सय ७४ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रारम्भिक रिपोर्ट दिएको छ । 

पूर्ण रिपोर्ट आउन बाँकी छ । मतगणना भने, भोलि गरिने छ । सो अघि शुक्रबार बिहान ८ बजे सर्वदलीय बैठक बोलाइएको मुख्य निर्वाचन अधिकृत शिशिर राज ढकालले जानकारी दिए ।

लमजुङमा कुल १ लाख ३७ हजार १ सय २४ मतदाता छन् । 

प्रकाशित मिति: बिहीबार, फागुन २१, २०८२  १९:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update