TagaroNews
लमजुङमा ५५.८८ प्रतिशत अर्थात ७६ हजार ६३१ मत खस्यो [अपडेट]

लमजुङ – लमजुङ जिल्लामा ५५.८८ प्रतिशत अर्थात ७६ हजार ६ सय ३१ मत खसेको छ । 

१ लाख ३७ हजार १ सय २४ मतदाता रहेको लमजुङमा बिहिबार भएको मतदानमा ७६ हजार ६ सय ३१ मत खसेको मुख्य निर्वाचन अधिकृत शिशिर राज ढकालले जानकारी दिए ।

जस्मा पुरुषतर्फ ३५ हजार ६ सय ३३ र महिलातर्फ ४० हजार ९ सय ९८ मत खसेको छ । 

मतगणना भने, भोलि शुक्रबार गरिने छ । सो अघि शुक्रबार बिहान ८ बजे सर्वदलीय बैठक बोलाइएको मुख्य निर्वाचन अधिकृत ढकालले बताए । 

प्रकाशित मिति: बिहीबार, फागुन २१, २०८२  २१:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update