TagaroNews
मनाङमा कांग्रेसका टेक बहादुर गुरुङ विजयी

मनाङ – प्रतिनिधिसभा निर्वाचन २०८२ मा भारी मतान्तरका साथ नेपाली कांग्रेसका उम्मेदवार टेक बहादुर गुरुङ विजयी भएका छन् ।

उनले २ हजार ४ सय १५ मत प्राप्त गरे । उनका प्रतिश्पर्धी नेपाल कम्युनिष्ट पार्टी नेकपाका उम्मेदवार यशोदा गुरुङ सुवेदीले ४ सय ५४ मत पाइन् । 

यस्तै मंगोग नेशनल अर्गनाइजेसन पार्टीका उम्मेदवार राम बहादुर घलेले ९ मत प्राप्त गरे ।

२ हजार ९ सय २३ मत खसेको मनाङमा ४५ मत बदर भएको छ । मनाङमा कुल ७ हजार मतदाता छन् ।

यसपटकको निर्वाचनमा मनाङमा नेकपा एमालेले कांग्रेसलाई सघाएको हो ।

प्रकाशित मिति: शुक्रबार, फागुन २२, २०८२  १८:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update