लमजुङ – प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत लमजुङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार धर्मराज केसी भारी मतान्तरसहित विजयी भएका छन् ।
उनले पूर्वमन्त्री एवं एमाले उपाध्यक्ष समेत रहेका पृथ्वीसुब्बा गुरुङलाई पछि पार्दै राजनीतिमा नयाँ अध्ययाय सुरु गरेका हुन् ।
निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार केसीले ३३ हजार ८९८ मत प्राप्त गरेका छन् ।
प्रतिश्पर्धी दल नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङलाई १७ हजार २२ मतले पछि पारे । पृथ्वीसुब्बाले १६ हजार ८७६ मत पाए । यस्तै नेपाली कांग्रेसका उम्मेदवार गम प्रसाद गुरुङले १६ हजार ५६९ मत प्राप्त गर्दै तेस्रो स्थानमा छन् ।
यस्तै नेपाल कम्युनिष्ट पार्टी नेकपाका उम्मेदवार हरिजंग तामाङले ३ हजार ३७१ मत ल्याए ।
७५ हजार ४६० मत खसेको लमजुङमा २ हजार ४५० बदर भएको छ । यहाँ कुल १ लाख ३७ हजार १२४ मतदाता छन् ।
लामो समय नेकपा एमाले र कांग्रेसले आफ्नो पकड जमाएको यस जिल्लामा यसपटक भने, मतदाताले परिवर्तनको पक्षमा मतदान गरेको देखिन्छ ।






![लमजुङमा ५५.८८ प्रतिशत अर्थात ७६ हजार ६३१ मत खस्यो [अपडेट]](https://www.tagaronews.com/uploads/posts/300X225/lamjung-1772723946.jpg)
