TagaroNews
रोकिराखेको जीप अचानक गुड्दा च्यापिएर मृत्यु

लमजुङ - रोकिराखेको बोलेरो जीप अचानक गुड्दा च्यापिएर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दोर्दी गाउँपालिका वडा नं. ४, जिरो स्वाराका ३२ वर्षीय कुमार गुरुङ रहेका छन् ।

मंगलबार बिहान ओट नलगाई रोकि राखेको ग१ज ७०९२ नं.को जीप एक्कासी गुड्न गएको र जीपलाई नियन्त्रण लिन खोज्दा एक्कासी च्यापिएर गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जीपमा अन्य कोही सवार नरहेको जनाइएको छ ।

प्रकाशित मिति: मंगलबार, फागुन २६, २०८२  १२:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update