लमजुङ – लमजुङको बेसीशहर नगरपालिमा एक वेवारिसे शव फेला परेको छ ।
पहिचान नखुलेको एक पुरुषको शव बेसीशहर नगरपालिका–१, स्थित मध्यमर्स्याङ्दी जलविद्युत आयोजनाको ड्याममा आइतबार साँझ फेला परेको प्रहरीले जनाएको छ ।
मृत शव फेला परेपछि आवश्यक कानुनी प्रक्रिया पुरा गरेर शवलाई पोष्टमार्टमका लागि प्रदेश अस्पताल लमजुङ पठाइएको छ ।
घटनाको बिषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । अन्य विवरण आउन बाँकी छ ।
प्रकाशित मिति: आइतबार, चैत १, २०८२ २१:१३
प्रतिक्रिया दिनुहोस्






