लमजुङ – लमजुङमा सडक खन्ने क्रममा पुरिएर एक्साभेटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा नवरपुर कावासोती घर भएका २० बर्षीय विक्की महतो रहेको प्रहरीले जनाएको छ ।
मर्स्याङ्दी गाउँपालिका २, भाचे–भदौरे नजिकै सडक फराकिलो बनाउनका लागि ढुंगा फुटाउने क्रममा पहरा खस्दा बिहान करिब ९ बजेतिर प्र३–०१–००३६ नं. एक्स्काभेटरसहित चालक पुरिएका हुन् ।
चालकको शव स्थानीय र प्रहरीको सहयोगमा निकालिएको जनाइएको छ । अन्य विवरण आउन बाँकी छ ।
प्रकाशित मिति: बुधबार, चैत ११, २०८२ १८:१७
प्रतिक्रिया दिनुहोस्






