TagaroNews
लमजुङमा बोलेरो जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, दर्जनौं घाईते 

लमजुङ – सदरमुकाम बेसीशहरबाट मर्स्याङ्दी गाउँपालिका–७, छिनखोला जाँदै गरेको बोलेरो जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । अन्य १२ जना घाइते छन् । घाइतेमध्य ३ को अवस्था गम्भीर छ ।

क्षमताभन्दा बढी यात्रु बोकेर छिनखोला जाँदै गरेको ग१ज ६४७० नं.जीप माथिल्लो मर्स्याङ्दी जलविद्युत आयोजनाको जलासय नजिकै शनिबार अपराह्न ४ बजेतिर दुर्घटना भएको घट्नास्थल पुगेका खुदी प्रहरी चौकी प्रमुख सई रञ्जन अम्गांईले बताए । 

दुर्घटनामा परी मुत्यु हुनेमा मर्स्याङ्दी गाउँपालिका–७ उस्ता घर भएकी ३५ बर्षीय पुष्षा घले र सोहि ठाउँकी ४० बर्षीय गंगा माया गुरुङ रहेकी छन् । 

घाइतेहरुलाई तत्काल उद्धार गरी उपचारका लागि बेसीशहर स्थित प्रदेश अस्पताल लमजुङमा ल्याइएको छ । 

घाइतेहरुमध्य मर्स्याङ्दी–७ उस्ता घर भएका ६२ बर्षीय सन्त बहादुर घर्ती (अवस्था मध्यम), ३१ बर्षीय प्रकाश गुरुङ (अवस्था सामान्य), १० बर्षीय प्रिसिका गुरुङ (अवस्था मध्यम), १४ बर्षीय विमान घले (अवस्था सामान्य), ९ बर्षीय इन्द्र घले (अवस्था सामान्य), ४८ बर्षीय रुद्रमान घले (अवस्था मध्यम), ११ बर्षीय रितेश गुरुङ (अवस्था सामान्य), ३८ बर्षीय सोमलाल तामाङ (अवस्था मध्यम) को अस्पतालमै उपचार भइरहेको छ ।

गम्भीर घाइते भएका सोहि ठाउँकी ४० बर्षीय देवी घले, ७ बर्षीय सफल गुरुङ र ३३ बर्षीय रिता गुरुङलाई प्रदेश अस्पतालमा समान्य उपचार पश्चात थप उपचारका लागि पोखरा रिफर गरिएको छ ।

जीप सडकबाट करिब ५० मिटर तल खसेको थियो । बोलेरो चालक २९ बर्षीय करण अधिकारी समेत घाइते छन् । उनको अवस्था मध्यम छ । घट्नाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, चैत २१, २०८२  १८:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update