लमजुङ – गृह मन्त्रालयले गरेको दोस्रो त्रैमासिक कार्यसम्पादन मूल्याङ्कनमा मनाङ जिल्ला उत्कृष्ट देखिएको छ ।
गत कात्तिक, मंसिर र पुसको दोस्रो त्रैमासिक कार्यसम्पादन मूल्याङ्कनमा २०.२५ पूर्णाङ्कमा ७७ जिल्लामध्ये सबैभन्दा धेरै अङ्क १९.५ ल्याएको हो । मनाङमा प्रमुख जिल्ला अधिकारी उपसचिव नवराज पौड्याल छन् ।
मूल्याङ्कनमा लमजुङ जिल्ला ७३ स्थानमा छ । लमजुङले त्यही पूर्णाङ्कमा कम ११.३७५ अङ्क मात्रै ल्याउन सकेको छ । लमजुङका प्रमुख जिल्ला अधिकारीका रूपमा सहसचिव कृष्ण प्रसाद खनाल कार्यरत छन् ।
खनाल लमजुङ आएको एक महिना बढी भयो । यसअघिका प्रमुख जिल्ला अधिकारी उमेश ढुङ्गाना सवारी दर्ता अनियमिततामा मुछिएपछि निलम्बित भएका छन् । ढुङ्गाना गत पुस १७ गतेदेखि लमजुङमा सिडिओका रूपमा कार्यरत थिए ।
मन्त्रालयको नीति योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाले त्रैमासिक रूपमा कार्यसम्पादन मूल्याङ्कन गर्ने गर्छ ।
कार्यसम्पादन मूल्याङ्कनका लागि विभिन्न ‘इन्डिकेटर’हरू बनाएको र त्यसैका आधारमा जिल्ला प्रशासन कार्यालयले गर्ने कामहरूको नम्बर दिएर अङ्क प्रदान गरिने महाशाखा प्रमुख सुरेश पन्थीले जानकारी दिए ।
यस्तो छ कार्यसम्पादन मूल्याङ्कनमा पाएको नम्बर:









