TagaroNews
मर्स्याङ्दीका उपप्राध्यापक रावलमाथि क्याम्पस प्रमुखले गरे मुक्का प्रहार

लमजुङ – लमजुङ सदरमुकाम बेसीशहरस्थित मर्स्याङ्दी बहुमुखी क्याम्पसका प्रमुख हरिबाबु थापाले क्याम्पस हाताभित्रै एक उपप्राध्यापकमाथि मुक्का प्रहार गरेका छन् ।

बिहिबार बिहान क्यापसमा चलिरहेको ब्याजलर तेस्रो बर्षको परीक्षाका बिषयमा कुरा गरिरहेका उपप्राध्यापक राजकुमार रावललाई क्याम्पस प्रमुख थापाले एक्कासी मुक्का प्रहार गरेको प्रत्यक्षदर्शी रहेका क्याम्पसका एक कर्मचारी बताए ।

पिडित उपप्राध्यापक रावलले तगारो न्युजसँग कुरा गर्दै भने, ‘क्याम्पसमा चलिरहेको परीक्षामा विषयमा सहायक क्याम्पस प्रमुख जनकराज बस्नेत र म बिच कुराकानी चलिरहेको थियो । प्रसंग भने, परिक्षाको गार्डको विषय थियो । क्याम्पसका लेखापाल र पुस्तकालयका शिक्षिकालाई समेत गार्ड राख्ने बिषयमा भने, मैले अन्य फुर्सदमा भएकालाई राखौं, उनीहरुको त विषयगत काम पर्न सक्छ, बिहान ६ बजेदेखी ९ बजेसम्म काम हुन्छ भन्ने विषयका कुरा गरिरहेको थिएँ । सोहि बेला एक्कासी आएर कठालो समातेर क्याम्पस प्रमुखले म माथि मुक्का हाने ।’

क्याम्पस प्रमुखको यस्तो व्यवहारप्रति उनले तत्काल क्याम्पस सञ्चालक समितिलाई जानकारी गराएको र आवश्यक कानुनी प्रक्रियाको लागि प्रहरीकोमा जाने तयारी गरेको सुनाए ।

प्रकाशित मिति: बिहीबार, चैत २६, २०८२  १५:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update