मनाङ – मनाङको नासोँ गाउँपालिका–३, धारापानी नजिकै ट्रक पल्टिँदा चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा लमजुङ सुन्दरबजार घर भइ मर्स्याङ्दी गाउँपालिका–९, सिम्पानी बगैँचा बस्ने करिब ३७ बर्षीय राम बहादुर गुरुङ रहेका छन् ।
मनाङ मस्र्याङ्दी जलविद्युत आयोजनाको लागि सिमेन्ट बोकेर बेसीशहरबाट मनाङको कोतो तर्फ जाँदै गरेको बा.प्र.०६००१क ०४६१ नं. ट्रक मंगलबार बिहान करिब १० बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
चालक गुरुङको शव परिक्षणका लागि प्रदेश अस्पताल लमजुङ ल्याइँदै छ भने, घट्नाको अनुसन्धान भइरहेको मनाङ प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख १, २०८३ ११:३१
प्रतिक्रिया दिनुहोस्






