TagaroNews
लमजुङमा ३ महिनामै १४ जनाले गरे आत्महत्या

लमजुङ – यहाँ ३ महिनाको अवधिमा १४ जनाले आत्महत्या गरेको तथ्यांक सार्वजनिक भएको छ । जिल्ला प्रहरी कार्यालय लमजुङले बुधबार सार्वजनिक गरेको त्रैमासिक समिक्षामा आत्महत्याको अवस्था डरलाग्दो देखिएको हो ।

तथ्यांक हेर्दा गत माघ महिनामा ६ जनाले आत्महत्या गरे । त्यस्तै फागुनमा ४ र चैतमा ४ जनाले आत्महत्या गरे । जस्मा १३ जनाले झुण्डिएर र एक जना विष सेवनबाट ज्यान गुमाएका छन् ।

यी मध्ये २ जटा मुद्धा मात्र फर्छौट भएको छ । आत्महत्या गर्नेहरु अधिकांश ४० बर्ष मुनिका रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी जितेन्द्र कुमार बस्नेतले बताए । 

यो त त्रैमासिक तथ्यांक मात्र हो । लमजुङको बार्षिक तथ्यांक हेर्ने हो भने, पनि आत्महत्याको अवस्था निकै डरलाग्दो छ । 

बढ्दै गएको आत्महत्या जस्तो अति संवेदनशील घटनालाई नियन्त्रण गर्न यहाँ सरकारी निकायबाट कुनै ठोस पहल भने भएको देखिँदैन । 

कानूनमा पनि यसलाई अपराध होइन मानसिक स्वास्थ्य समस्याको रुपमा लिई ठोस कदम चालिएको पनि देखिँदैन ।

तर, आत्महत्या गर्न उक्साउनुलाई कानूनी अपराधको रुपमा लिई आत्महत्या दुरुत्साहन मुद्दामा दण्ड सजायको व्यवस्था भने गरिएको छ । 

प्रकाशित मिति: बुधबार, वैशाख ९, २०८३  २२:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update