TagaroNews
मनाङमा घरको तीन तलाबाट खस्दा एक जनाको मृत्यु
सांकेतिक तस्वीर

मनाङ – हिमाली जिल्ला मनाङमा घर मर्मतको क्रममा तीन तलामाथिबाट खस्दा एक मजदुरको ज्यान गएको छ । 

मृत्यु हुनेमा तनहुँ भानु नगरपालिका–११ घर भएका अन्दाजी ४० बर्षीय सुरेश विक रहेको प्रहरीले जनाएको छ । 

उनी आइतबार बिहान ९ बजेको समयमा मनाङ ङिस्याङ गाउँपालिका–५, भ्राका स्थित एक घरको मर्मतमा खटिएको बेला एक्कासी चिप्लिएर खसेका थिए । 
 

प्रकाशित मिति: आइतबार, वैशाख २७, २०८३  १२:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update