लमजुङ – बेसीशहर नगरपालिका–११, रामचोक बेसीमा मोटरसाइकलको ठक्करबाट एकाबिहानै एक पैदलयात्रीको मृत्यु भएको छ ।
उदिपुरबाट रामचोक बेसी तर्फ जाँदै गरेको ग.प्र.०१–००१ प ०१६९ नं.को मोटरसाइकलले शुक्रबार बिहान साढे ७ बजेतिर ठक्कर दिँदा सोहि ठाउँका ७४ बर्षीय महनीदी सेढाई गम्भीर घाईते भएका थिए ।
उनलाई तत्काल उपचारको लागि प्रदेश अस्पताल लमजुङ ल्याइएकोमा बिहान ८:५० बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
मोटरसाइकल चालक सोहि स्थानका २० बर्षीय बिकेश तामाङ समेत घाइते छन् । चालकको उपचार भइरहेको र घट्नाबारे अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी निरीक्षक अभिषेक पाण्डेले जानकारी दिए ।
प्रकाशित मिति: शुक्रबार, जेठ १, २०८३ ११:०२
प्रतिक्रिया दिनुहोस्






