लमजुङ - दोर्दी गाउँपालिका-७, दारिमबाेटमा अटाे दुर्घटना हुँदा ५ जना गम्भीर घाइते भएका छन् ।
बेसीशहर नगरपालिका-१, उदिपुरबाट दोर्दी गाउँपालिका-७, दारिमबोट तर्फ जाँदै गरेको ग.प्र.०३-००१ ह ००३७ नं. अटो बुधबार दिउँसो करिब १ बजेतिर सडकबाट खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा परि अटाेमा सवार दोर्दी-७ बस्ने ५१ वर्षीय गम माया गुरुङ, बर्ष २८ को कुशल गुरुङ, २६ वर्षीय हिना लामा गुरुङ र ७० वर्षीय हर्क बहादुर गुरुङ गम्भीर छन् । घाइतेहरुको टाउको, छाती, खुट्टा र घाँटीमा गम्भीर चाेट छ ।
अटो चालक सोही स्थानका ३० वर्षीय नबिन गुरुङ समेत गम्भीर रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी अभिषेक पाण्डेका अनुसार अटाे सडकको उकालोमा ब्रेक फेल भएर ब्याक हुँदा सडकबाट करिब १५० मिटर तल खसेको थियो ।
घाइतेहरुलाई उपचारको लागी प्रदेश अस्पताल लमजुङ ल्याइएको र घट्नाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






