TagaroNews
लमजुङको मिदिम खोला किनारमा एक पुरुष मृत फेला
साङ्केतिक तस्वीर ।

लमजुङ - लमजुङको क्व्होलासोथार गाउँपालिका -२ स्थित मिदिम खोला किनारमा एक पुरुषको शव फेला परेको छ ।

बुधबार साझ करिब ६ बजे खोला किनारमा  घोप्टो परेको अवस्थामा सोही स्थानका ४० वर्षीय पदम गुरुङ मृत फेला परेको प्रहरीले जनाएको छ ।

गुरुङको शवलाई प्रदेश अस्पताल लमजुङमा परिक्षण पश्चात् बिहीबार मृतकका बुबा रस बहादुर गुरुङलाई बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ज्ञानेन्द्र क्षेत्रीले जानकारी दिए ।

प्रारम्भिक अनुसन्धानका क्रममा मृतक गुरुङले मादक पदार्थ सेवन गर्दै हिड्ने बुझिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, असार ४, २०८३  १३:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update