TagaroNews
तिलिचोमा भक्ति यात्रा 

मनाङ – विश्वको सबैभन्दा उचाईंमा स्थित कहिलिएको मनाङको तिलिचो ताललाई धार्मिक तथा आध्यात्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने उद्देश्यले तिलिचो ताल भक्ति यात्रा, २०८३ सम्पन्न गरिएको छ ।

श्री १००८ स्वामी ऋषि प्रपन्नचार्यको सङ्कल्पमा आयोजना गरिएका यात्रा आइतबार सकिएको हो ।

विभिन्न स्थानबाट भक्ति यात्रामा सहभागी भक्तजनहरुले मुस्ताङको जोमसोम, ठिनी हुँदै तिलिचो तालको भक्ति यात्रा तय गरेका थिए । मुस्ताङ हुँदै तिलिचो पदमार्गमा पर्ने प्राकृतिक सौन्दर्यताले भरिपूर्ण हिमाली क्षेत्रको अवलोकन गर्दै भक्ति यात्रा टोली धार्मिक तथा सांंस्कृतिक गतिविधिमा सहभागी भए । 

प्रपन्नाचार्यसहित सहभागीहरु भक्ति यात्रा टोलीले तिलिचो तालमा वाल्मीकीय रामायण पाठपरायण तीर्थ पूजा आराधना, भजन कीर्तन तथा सत्सङ्ग कार्यक्रम सञ्चालन गरेका यात्रामा सहभागी गुरु ईश्वर रेग्मीले जानकारी दिए । भक्तजनहरुबीचको धार्मिक आस्था, आपसी सद्भाव तथा आध्यामिक चेतनाको विकास गर्न भक्ति यात्राले महत्वपूर्ण योगदान पु-र्याएको गुरु रेग्मीले उल्लेख गरे ।

यात्रा टोलीले यसप्रकारको धार्मिक तथा आध्यात्मिक यात्रा आगामी वर्षहरुमा पनि निरन्तरता दिँदै जाने उल्लेख गरेको छ । 

पौराणिककालमा काग भुसुन्डे ऋषिले तिलिचो तालमा तपस्या गरेर कागबेनी धाममा स्नान गरेको जनविश्वास छ ।

तिलिचो ताल घुम्न प्रत्येक बर्ष हजारौं आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् । पछिल्लो समय धार्मिक पर्यटकहरुको समेत आगमन बढ्न थालेको छ ।

प्रकाशित मिति: आइतबार, असार ७, २०८३  २२:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update