लमजुङ – पाँच दिनदेखि हराएका बेसीशहर नगरपालिका–२, बोहोराबेसीका ५७ बर्षीय बुद्धिबहादुर बोहोरालाई मृतावस्थामा भेटिएको छ ।
बेसीशहर नगरपालिका–१, उदिपुर आकाशेडाँडा माथिको जंगलमा बोहोराको शव बिहिबार बिहान साढे ८ बजेतिर फेला परेको हो ।
टाउको र अनुहारमा चोट सहित फेला परेको शवको सनाखतपछि शव बोहोराको भएको बुझिएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।
हाल बेसीशहर नगरपालिका–८, सेरा बसोबास गर्दै आएका बोहोरा गत २१ गते आइतबारदेखि घरपरिवारबाट सम्पर्कविहीन थिए ।
प्रहरी टोलि घट्नास्थलमा रहेको र आवश्यक अनुसन्धान अघि बढिरहेको घट्नास्थल पुगेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ज्ञानेन्द्र क्षेत्रीले जानकारी दिए । थप विवरण आउन बाँकी छ ।
प्रकाशित मिति: बिहीबार, असार २५, २०८३ १०:२७
प्रतिक्रिया दिनुहोस्





