लमजुङ - यहाँको एक जंगलस्थित पातिघारिमा बेवारिसे अवस्थामा ५ थान भरुवा बन्दुक फेला परेका छन् ।
शुक्रबार मध्यनेपाल नगरपालिका ६ र ९ को सिमाना स्थित जंगलको पातिघारिमा ५ थान (एक नाले)अवैध भरुवा बन्दुक फेला परेको हो ।
ती बन्दुक घारिभित्र लुकाइछिपाइ राखेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ज्ञानेन्द्र क्षेत्रीले जानकारी दिए ।
ती बन्दुकहरू रितपूर्वक बरामद गरी सुरक्षित इलाका प्रहरी कार्यालय भोर्लेटारको हुवासमा राखिएको छ ।
बरामद भएका हतियार कसको र कुन प्रयोजनका लागि राखिएको भन्ने विषयमा प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, असार २६, २०८३ १७:१०
प्रतिक्रिया दिनुहोस्





