TagaroNews
मुग्लिन-नारायणगढ सडक पूर्णरुपमा ठप्प

मुग्लिन - लगातारको भारी वर्षापछि मुग्लिन-नारायणगढ सडकखण्डका विभिन्न स्थानमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

यससँगै जिल्ला प्रशासन कार्यालय चितवनले सोमबार अर्को सूचना जारी नभएसम्म उक्त सडकखण्ड हुँदै सञ्चालन हुने सबै प्रकारका सवारीसाधनको आवागमन पूर्ण रूपमा रोकिएको जनाएको छ ।

प्रशासनले  लगातारको वर्षा र पहिरोका कारण सडक खुलाउने कार्यमा कठिनाइ भइरहेको जनाइएको छ ।

यात्रुहरूलाई प्रशासनको सूचनाको पालना गर्न, यात्रा गर्दा झोलामा खानेपानी, सुक्खा खाना, प्राथमिक उपचारका औषधि, अतिरिक्त लुगा तथा मोबाइल चार्जरजस्ता अत्यावश्यक सामग्री साथमा राख्न पनि आग्रह गरिएको छ ।

आपत्कालीन सहयोगका लागि नेपाल प्रहरी १००, सशस्त्र प्रहरी बल ११४४, जिल्ला आपत्कालीन केन्द्र १२३४ तथा जिल्ला प्रहरी कार्यालय, चितवनमा सम्पर्क गर्न प्रशासनले अनुरोध गरेको छ ।

प्रकाशित मिति: सोमबार, असार २९, २०८३  २१:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update