लमजुङ - मध्यनेपाल नगरपालिका–२, सोतिपसल स्थित स्कुलटारमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
बिहीबार दिउँसो करिब ३ बजेतिर स्थानीय पूर्णकान्त सोतीको घरको छतमा रेलिङको पाइप तान्ने क्रममा विद्युतको नाङ्गो तारमा छुन पुग्दा तनहुँको व्यास नगरपालिका–८ घर भएका ४४ वर्षीय उपेन्द्र सोती गम्भीर घाइते भएका थिए।
घाइते सोतीलाई तत्काल उपचारका लागि स्थानीय दुईपिप्ले अस्पताल लगिएकोमा चिकित्सकले परीक्षण गर्दा उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
प्रकाशित मिति: बिहीबार, साउन २१, २०८३ १८:३८
प्रतिक्रिया दिनुहोस्





