TagaroNews
लागुऔषध मुद्दाका फरार प्रतिवादी लमजुङ प्रहरीको फन्दामा

लमजुङ - लागुऔषध मुद्दामा फरार एक प्रतिवादीलाई लमजुङ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुन्दरबजार नगरपालिका-७, माछापुछ्रे टोल बस्ने ४५ वर्षीय रामशरण सापकोटा रहेका छन् ।

जिल्ला अदालतबाट २०८१ चैत १२ गतेको फैसला सदर हुने गरी उच्च अदालत पोखराबाट ०८२ माघ १३ गतेको फैसला अनुसार १ बर्ष  १ महिना १६ दिन कैद र  ११ हजार रुपैयाँ भुक्तान गर्न बाँकी रहि सापकोटा फरार थिए ।

सापकोटालाई प्रहरीले बुधबार उनकै घरबाट पक्राउ गरेको बताएको छ ।

पक्राउ परेका सापकोटालाई बुधबारनै लमजुङ जिल्ला अदालतमा उपस्थित गराइएको र सजाय कार्यान्वयनका लागि जिल्ला कारागार दमौली तनहुँ पठाएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, साउन २७, २०८३  २०:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update