TagaroNews
लमजुङ कांग्रेस नेता  एवं सामाजसेवी कडेलको निधन

लमजुङ – कांग्रेस लमजुङका नेता तथा समाजसेवी डिकेन्द्रराज कडेलको निधन भएको छ । उनको शुक्रबार राति सदरमुकाम बेसीशहरमा हृदयाघातबाट निधन भएको हो ।

राइनास नगरपालिका–४, सातबिसे निवासी करिब ७५ बर्षीय कडेल नेपाली कांग्रेसको राजतिनिसँगै समाजसेवामा सक्रिय थिए । 

उनी नेपाली कांग्रेस लमजुङको महासमिति सदस्य हुन् । लामो समय जनचेतना अभिवृद्धि तथा विकास अध्ययन समिति (कोपाडेस) नामक गैरसरकारी संस्थाको अध्यक्ष रहि सामाजिक सेवामा सक्रिय थिए । कडेल व्यावसायिक र शैक्षिक गतिविधिमा समेत संलग्न रहँदै आएका थिए । 

उनका श्रीमती र ३ छोरा रहेका छन् । 

प्रकाशित मिति: शनिबार, भदौ ६, २०८३  ०९:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update