बेसीशहर । रसुवामा गएको बाढीपहिरोबाट प्रभावित तथा पीडित परिवारको राहत तथा सहयोगका लागि बेसीशहर नगरपालिका–३, गाउँशहरस्थित तिनधारे आमा समूहले रु. ५१ हजार १ सय ११ सहयोग गरेको छ।
समूहले यस वर्षको तीजको दर खाने कार्यक्रम स्थगित गरी उक्त रकम विपद् प्रभावित परिवारको राहतका लागि सहयोग गरेको हो।
आफ्नो खुसीको कार्यक्रमसमेत स्थगित गरेर विपद्मा परेका परिवारको दुःखमा साथ दिएको भन्दै तिनधारे आमा समूहको यो कार्यलाई स्थानीयस्तरमा प्रशंसनीय सामाजिक पहलका रूपमा लिइएको छ।
समूहले विपद्का बेला पीडित परिवारलाई सहयोग गर्नु सबैको सामाजिक दायित्व भएको जनाएको छ।

प्रकाशित मिति: सोमबार, भदौ २२, २०८३ ११:१३
प्रतिक्रिया दिनुहोस्





