बेसीशहर - त्रिवेणी युवा क्लब बेसीशहरका पूर्वअध्यक्ष गोविन्द बस्नेतलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने निर्णय गरिएको छ।
क्लबको बैठकले बस्नेतले विभिन्न समयमा क्लबको हितविपरीत तथा संस्थागत मान–मर्यादामा आँच पुग्ने कार्य गरेको पुष्टि भएको भन्दै कारबाही गर्ने निर्णय गरेको हो।
क्लबको निर्णयअनुसार बस्नेतलाई २०८३ भदौ २८ गतेदेखि लागू हुने गरी साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको छ।
क्लबको बैठकमा अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष तथा सदस्यहरूको उपस्थिति रहेको थियो।
क्लबले संस्थाको हित, अनुशासन र मान–मर्यादा कायम राख्न कारबाहीको निर्णय गरिएको जनाएको छ।

प्रकाशित मिति: मंगलबार, असोज ६, २०८३ ०८:५४
प्रतिक्रिया दिनुहोस्




