TagaroNews
मनाङको हिमलुङ हिमालमा हिमपहिरो, १० जना सम्पर्कविहीन 
उद्धारका लागि जाँदै गरेका हेलिकप्टर

मनाङ – हिमाली जिल्ला मनाङको नारफूस्थित हिमलुङ हिमालमा हिमपहिरो जाँदा १० जना बेपत्ता भएका छन् ।

मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार, आइतबार बिहान हिमपहिरो गएको हो ।

‘हिमपहिरोमा परेर १० जना बेपत्ता भएको सूचना आएको छ,’ उनले भने, ‘हराएका भनिएकाहरू सबै नेपाली भन्ने विवरण आएको छ । एकिन भइसकेको छैन। हेलिकप्टर पनि गएको छ । एकपटक उद्धारकर्तालाई हिमपहिरो गएको भनिएको ठाउँमा छोडेर आयो । अर्को हेलि फेरि पनि जाँदैछ ।’

उनीहरू अल्पाइन ट्रेक एण्ड ट्राभल्सबाट गएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ । थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति: आइतबार, असोज ११, २०८३  १७:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update