TagaroNews
मनाङको हिमलुङ हिमपहिरो अपडेटः दुई पर्वतारोहण गाइडको शव फेला, १४ सहयोगी अझै बेपत्ता

मनाङ – मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिमलुङ हिमाल (७,१२६ मिटर) को बेसक्याम्प क्षेत्रमा भीषण हिमपहिरो जाँदा दुई जना पर्वतारोहण गाइडको मृत्यु भएको छ भने, १४ जना सहयोगी कर्मचारी अझै बेपत्ता छन् ।

नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनका अनुसार आइतबार बिहान आरोहण तयारीका लागि बेसक्याम्प पुगेको टोली टेन्टमा बसिरहेका बेला माथिबाट हिमपहिरो खसेको थियो ।

भारी हिमपात र लगातारको खराब मौसमका कारण सुरुमा उद्धार टोली घटनास्थल पुग्न सकेको थिएन । घटनास्थलमा हेलिकप्टर मार्फत विशेष उद्धार टोलीमौसममा केही सुधार आउनासाथ प्रभु हेलिकप्टर मार्फत एसोसिएसनको विशेष उद्धार टोली घटनास्थल पुगेर खोजी कार्य तीव्र बनाएको छ ।

उद्धारका लागि हिमाल आरोहण क्षेत्रका अनुभवी विशेषज्ञहरू मिङ्मा जी, पासाङकाजी शेर्पा, आशिष गुरुङ र पेम्बाछिरिङ शेर्पा आफैँ घटनास्थलमा खटिएका छन् ।

विभिन्न कम्पनी (जस्तै इमेज नेपाल र हिमालयन हलिडेज) मार्फत हिमाल आरोहणको मार्ग बनाउन र डोरी टाँग्न अग्रिम रूपमा गएका २२ नेपाली टोलीमध्ये ८ जना सुरक्षित रहेको र बाँकी १४ जनाको अवस्था अझै अज्ञात रहेको बताइएको छ ।

हाल थप ४ जना उद्धारकर्मीहरूलाई पनि घटनास्थलतर्फ पठाउने तयारी भइरहेको छ ।
 

प्रकाशित मिति: आइतबार, असोज ११, २०८३  २२:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update