TagaroNews
मनाङ हिमलुङ हिमपहिरो अपडेटः ज्यान गुमाउनेमा संखुवासभाका छेबी  र पासाङ 
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको शव ।

मनाङ – मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिमलुङ हिमाल (७,१२६ मिटर) मा आइतबार खसेको भीषण हिमपहिरोमा परी ज्यान गुमाएका दुई जना पर्वतारोहण गाइडको पहिचान खुलेको छ । 

नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसन र मनाङ प्रशासनका अनुसार मृत्यु हुनेहरूमा संखुवासभाका छेबी भोटे र पासाङ भोटे रहेका छन् ।

घटनास्थलबाट आइतबार नै उद्धार टोलीले फेला पारेका उनीहरूको शवलाई सोमबार प्रभु एयरको हेलिकप्टरमार्फत काठमाडौँ ल्याई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल (टीचिंग हस्पिटल), महाराजगञ्जमा राखिएको छ । 

हिमपहिरोमा परी बेपत्ता भएका अन्य व्यक्तिहरूको अनुभवी गाइडहरूद्वारा घटनास्थलमा खोजी कार्य अझै जारी छ । थप विस्तृत विवरण आउन बाँकी रहेको छ ।
 

प्रकाशित मिति: सोमबार, असोज १२, २०८३  ११:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update