TagaroNews
चामेमा थुनिएको मर्स्याङ्दी विस्फोट गरेर खोल्ने तयारी

मनाङ- मनाङको चामेमा थुनिएको मर्स्याङ्दी नदीलाई विस्फोटक पदार्थ प्रयोग गरेर खोल्ने तयारी गरिएको छ। घट्टेखोलाबाट आएको लेदो र हिलो नदीमा थुप्रिएपछि आइतबारदेखि नदी थुनिएर ताल बनेको हो।

सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार नेपाली सेनाको टोलीले आवश्यक तयारी पूरा गरी मंगलबार विस्फोट गराएर नदीको बहाव सहज बनाउने तयारी गरेको छ। सोमबार भने विस्फोट नगरिने उनले बताए।

यसैबीच सोमबार नदीको बहाव आइतबारको तुलनामा केही फराकिलो भएकाले जोखिम केही कम हुँदै गएको प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालले बताए।

प्रकाशित मिति: सोमबार, असोज १२, २०८३  १८:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update