मनाङ- मनाङको हिमलुङ हिमालमा आइतबार गएको हिमपहिरोमा बेपत्ता भएकाहरूको खोजी तथा उद्धार अभियान बाक्लो हिउँका कारण रोकिएको छ।
उद्धार टोलीका अनुसार घटनास्थलका टेन्टहरू करिब १४ फिटसम्म हिउँले पुरिएका छन्। सोमबार घटनास्थल पुगेको टोलीले थप दुई जनाको शव फेला पारेको छ। यसअघि छिवी भोटे र पासाङ भोटेको शव फेला परेको थियो।
सोमबार फेला परेका वीरेन्द्र गुरुङ र घनश्याम राईको शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी मंगलबार चामेबाट काठमाडौं ल्याउने तयारी गरिएको छ। हिउँ पग्लिएपछि पुनः खोजी अभियान सञ्चालन गरिने उद्धार टोलीले जनाएको छ।
प्रकाशित मिति: सोमबार, असोज १२, २०८३ २०:२९
प्रतिक्रिया दिनुहोस्





