मनाङ - निरन्तरको वर्षा र मौसम प्रतिकूल बनेपछि अन्नपूर्ण चक्रीय पदमार्ग हुँदै मनाङ पुगेका विदेशी पर्यटक यात्रा छोट्याएर लमजुङतर्फ फर्किन थालेका छन्।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) धारापानीका इन्चार्ज भूपेन्द्र गुरुङका अनुसार असोज ६ देखि १२ गतेसम्म २४६ विदेशी पर्यटक मनाङबाट फर्किएका छन्। फर्किनेमा १५१ पुरुष र ९५ महिला छन्।
केही दिनअघिसम्म धारापानी हुँदै दैनिक १०० देखि १५० पर्यटक मनाङतर्फ जाने गरे पनि अहिले दैनिक एक-दुई जना मात्रै जाने गरेका छन्। मौसम खराब र पदमार्गमा जोखिम बढेपछि थोराङ्ला हुँदै मुस्ताङतर्फ जाने योजनामा रहेका पर्यटक बीचबाटै फर्किन थालेका हुन्।
प्रकाशित मिति: मंगलबार, असोज १३, २०८३ ०८:२३
प्रतिक्रिया दिनुहोस्





