TagaroNews
मर्स्याङ्दी बेसी आयोजना समयमै सम्पन्न गर्ने दिव्यज्योति हाइड्रोपावरको प्रतिबद्धता

काठमाडौं -  दिव्यज्योति हाइड्रोपावर लिमिटेडले लमजुङमा निर्माणाधीन ५० मेगावाट क्षमताको मर्स्याङ्दी बेसी जलविद्युत् आयोजना समयमै सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ।

कम्पनीको १९औँ वार्षिक साधारणसभामा आयोजनाको प्रगति, लगानी, पुँजी वृद्धि र भावी योजनाबारे छलफल गरिएको थियो। कम्पनीका अनुसार आयोजनाको निर्माण कार्य आधाभन्दा बढी सम्पन्न भइसकेको छ र यसमा २६ सयभन्दा बढी स्थानीयवासीको लगानी रहेको छ।

सञ्चालक सञ्जीव न्यौपानेले विरोधका आधारमा आयोजना नरोकिने बताउँदै स्वदेशी पुँजी र स्थानीय सहभागितामा आयोजना निर्माण भइरहेको जानकारी दिए। कार्यकारी सञ्चालक इन्द्रमणि त्रितालले वातावरणीय तथा सामाजिक प्रभाव न्यूनीकरण गर्दै आयोजना अघि बढाइने बताए।

सभाले पुँजी वृद्धि, प्रबन्धपत्र तथा नियमावली संशोधन, सञ्चालक नियुक्ति अनुमोदन र आयोजनासम्बन्धी कर्जा तथा लगानी अनुमोदनलगायतका प्रस्तावमाथि छलफल गरेको थियो।

प्रकाशित मिति: शनिबार, असोज २४, २०८३  ०८:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update