
बेसीशहर - लमजुङ प्रहरीले जुवाको ठूलो खालबाट लाखौँ रकम सहित २२ जना जुवाडेहरुलाई पक्राउ गरेको छ ।
बिहिबार राती जिल्ला प्रहरी कार्यालयबाट खटिएको अप्रेशन समूहले मर्स्याङदी गापा–९ खुदी जलविद्युत केन्द्र नजिकैको एक घरबाट लाखौँ रकमसहित जुवाडेहरुलाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट ४ लाख ३७ हजार भन्दा बढी रकम बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरु बारे खुलेको छैन् ।
पक्राउ परेकामध्ये केहि गोरखा जिल्लाबाट आएको समेत बुझिएको छ । थप विवरण भने, आउन बाँकी छ ।
प्रकाशित मिति: बिहीबार, साउन १८, २०८० २२:१६
प्रतिक्रिया दिनुहोस्