TagaroNews
लमजुङमा आफनै छोराले गरे बाबुको हत्या
पक्राउ परेका लु बहादुर गुरुङ ।

लमजुङ – लमजुङमा आफनै छोराले बाबुको हत्या गरेका छन् । सोमबार राती मर्स्याङ्दी गाउँपालिका–४, कालाघिरिङ निवासी २३ बर्षीय छोरा लु बहादुर गुरुङले ५७ बर्षीय बाबु नर बहादुर गुरुङको हत्या गरेको प्रहरीले जनाएको छ । 

मादक पदार्थ सेवन गरेर छोराले कालाघिरिङको ठूलोढुङ्गा स्थित आफ्नै गाई गोठमा बस्दै आएका बाबुलाई चिर्पट दाउरा र बन्चरो प्रहार गरी हत्या गरेका हुन् । 

मंगलबार बिहान घट्नास्थल पुगेको प्रहरीले मृतकको शरीरको टाउको, अनुहार समेतको भागमा गम्भिर घाउचोट लागी रगताम्य भएको र पेटमा निलडाम रहेको अवस्थामा नर बहादुरको शव फेला पारेको थियो । 

प्रारम्भिक अनुसन्धान गर्दा घटनास्थलमा रगत लागेको चिर्पट दाउरा, काठको लौरो र बन्चरो समेत फेला परेको घट्नास्थल पुगेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राज किशोर साहले बताए । 

प्रहरीको गोप्य अनुसन्धानका आधारमा मृतक नर बहादुरका आफ्नै जेठो छोरा लु बहादुरले चिर्पट र बन्चरो प्रहार गरी आफनै बाबुको हत्या गरेको खुल्न आएपछि उनलाई तत्काल पक्राउ गरिएको प्रहरी निरीक्षक साहले जानकारी दिए । 

पक्राउ परेका प्रतिवादी लु बहादुरलाई बुधबार जिल्ला अदालतबाट ज्यान सम्बन्धी कसूर (कर्तब्य ज्यान) मुद्दामा ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।  

घट्नास्थल ।

प्रकाशित मिति: बुधबार, जेठ १, २०८२  २०:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update