
लमजुङ – बेसीशहर नगरपालिका–१, उदिपुरमा ट्याक्टर दुर्घटना हुँदा चालकको घट्नास्थलमै मृत्यु भएको छ ।
उदिपुरबाट रिठेबगरतर्फ जाँदै गरेको प्रदेश ०२०३–००१ त५४३० नम्बरको ट्याक्टर सोमबार बिहान अनियन्त्रित भई दुर्घटना हुँदा उदिपुर ढाडगाउँका ३१ बर्षीय अहिर परियारको मृत्यु भएको हो ।
खाली ट्याक्टर अनियन्त्रित भई सडकबाट ५० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
मृतकको शव पोस्टमार्टमको लागि प्रदेश अस्पताल बेसीशहर ल्याईएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक राजकिशोर शाह तेलीले बताए ।
प्रकाशित मिति: सोमबार, जेठ ६, २०८२ १६:१०
प्रतिक्रिया दिनुहोस्