
लमजुङ – मर्स्याङ्दी गाउँपालिका–९, खुदी बजार वारीको चोकलाई ‘साम्बा चोक’ नामकरण गरिएको छ ।
नेपाली महिला राष्ट्रिय फुटबल टिम तथा नेपाल एपीएफ क्लबकी खेलाडी (सशस्त्र प्रहरी सहायक हवल्दार) सावित्रा भण्डारी (साम्बा)को सम्मानार्थ ‘साम्बा चोक’ नामकरण गरिएको हो ।
सो स्थानमा सावित्राको तस्वीर अंकित ‘साम्बा स्तम्भ’ पनि निर्माण गरिएको छ । साम्बा स्तम्भको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ्गले सोमबार बिहान उद्घाटन गरे ।
सो अवसरमा सावित्राका आमा–बुबालाई पनि सम्मान गरिएको वडा अध्यक्ष हरिस चन्द्र थापाले बताए ।
सावित्रा भण्डारी(साम्बा) स्वदेशमा मात्र नभई विदेशमा समेत चिर्चित फुटबलर हुन् । हाल उनी फ्रान्सको शीर्ष डिभिजन लिग फुटबल क्लव एना भान गेङगाङ्पमा आवद्ध छिन् ।
सावित्राका आमा–बुबालाई सम्मान पश्चात सामूहिक तस्वीर लिइँदै ।