
लमजुङ – प्रहरीले लागुऔषध सहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुन्दरबजार नगरपालिका–८ बस्ने २३ बर्षीय बिशाल परियार रहेका छन् ।
प्रहरीले बुधबार दिउँसो उनको घरमा छापामारी डाइजेपाम १७ सिसी, फेर्नेगन १७ सिसी, बुप्रेनोर्फिन १७ सिसी, ट्रामाडोल १०० क्याप्सुल र गाँजा जस्तो देखिने पदार्थ ५०० ग्राम सहित युवकलाई पक्राउ गरेको हो ।
पक्राउ परेका युवकलाई लागुऔषध सम्बन्धि कसुरमा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ ९, २०८२ २२:५३
प्रतिक्रिया दिनुहोस्