TagaroNews
लमजुङमा जीप र मोटरसाइकल ठोक्किदा एक गम्भीर 
दुर्घटनाग्रस्त बाईक ।

लमजुङ – मर्स्याङ्दी गाउँपालिका–३, खुदीमा जीप र मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाइकल चालक गम्भीर घाईते भएका छन् । 

बेसीशहर–चामे सडक खण्ड अन्तर्गत खुदीमा शनिबार अपराहन्न सवा ४ बजेतिर भएको दुर्घटनामा मोटरसाइकल चालक बेसीशहर नगरपालिका–१० बस्ने ४५ बर्षीय याकम तामाङ गम्भीर घाईते भएको प्रहरीले जनाएको छ । 

मनाङबाट लमजुङ सदरमुकाम बेसीशहर तर्फ आउँदै गरेको ज५प ७०१६ नम्बरको मोटरसाइकल र विपरित दिसाबाट गइरहेको BAA ०६९९ नम्बरको बोलेरो जीप एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको हो ।  

दुर्घटनामा परी गम्भीर घाईते रहेका तामाङलाई प्रदेश अस्पताल लमजुङमा सामान्य उपचार पश्चात थप उपचारका लागी चितवन मेडिकल कलेज भरतपुर लगिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक राजकिशोर शाहले बताए ।

उनका अनुसार गम्भीर घाईते रहेका तामाङको टाउकोमा गहिरो चोट छ भने, दाहिने खुट्टामा समेत चोट लागेको छ ।  

जीप चालक बेसीशहर नगरपालिका–५ बस्ने विच कुमार परियारलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: शनिबार, जेठ १०, २०८२  १८:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update