TagaroNews
मर्स्याङ्दी नदीमा पौडी खेल्ने क्रममा एक युवक बेपत्ता

लमजुङ – मर्स्याङ्दी नदीमा पौडि खेल्ने क्रममा एक युवक बेपत्ता भएका छन् । 

बेसीशहर नगरपालिका–६, खरखरे मालेबगरस्थित मर्स्याङ्दी नदीमा पौडी खेल्ने क्रममा सप्तरी जिल्लाको सम्भुनाथ नगरपालिका–१२, अर्नाहाका २४ बर्षीय नन्द किशोर चौधरी बेपत्ता भएका हुन् । 

उनी काठमाडौंबाट सञ्चालित भिभा कन्ट्रक्सन प्रा.लि. अन्तर्गत उदिपुर–मनाङ विद्युत प्रसारण लाइनमा मजदुरी गर्दै आएका थिए । उनीसँगै मजदुरी गर्दै आएका ६ जना कामदार नदीमा नुहाउन गएका थिए । 

नुहाउन गएका मध्ये अन्य ५ जना नुहाएर फर्किए । नन्द किशोर नदी पारी पौडी खेल्दै पुगेका थिए । उनी केहिबेरमा फर्केलान भन्दै अन्य कामदारहरु बस्ने स्थान फर्किए । तर, नन्द किशोर भने, नदिमा बेपत्ता भएको प्रहरीले जनाएको छ । 

बेपत्ता भएका नन्द किशोरको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक राजकिशोर शाहले बताए । 

प्रकाशित मिति: सोमबार, जेठ १२, २०८२  १६:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update