TagaroNews
पहिरोले बेसीशहर-चामे सडक अबरुद्ध

लमजुङ - मनाङ र लमजुङ जोड्ने एकमात्र बेसीशहर-चामे सडक पहिरोका कारण अबरुद्ध बनेको छ । 

सडकखण्ड अन्तर्गत मर्स्याङदी गाउँपालिका-४, बुङछहरा नजिकै सडक माथिबाट ढुङ्गा सहितको सुख्खा पहिरो खस्दा सडक अबरुद्ध बनेको हो ।

सुरक्षाकर्मीको टाेलिले सडक आयोजनासँगको समन्वयमा बाटो खुलाउने प्रयास गरिरहेको डुम्रे-बेसीशहर-चामे सडक योजनाका सब इन्जिनियर सुमन अधिकारीले बताए ।

सडक अबरुद्ध हुँदा दुबैतर्फका सवारी साधनहरु रोकिएका छन् । यात्रु गन्तव्य पुग्नबाट बन्चित भएका छन् ।

यस सडकमा बर्सेनि पहिरोले पटक–पटक सडक अवरुद्ध हुँदा यात्रुले सास्ती भोग्दै आएका छन्। 

प्रकाशित मिति: बुधबार, असार ४, २०८२  ०९:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update